महिला हक्की प्रतियोगितामा स्वर्ण पदकका लागि गण्डकी र आर्मी भिड्दै
पाेखरा | कात्तिक १, २०७९
पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला हक्कीको खेलमा नेपाल आर्मी र गण्डकी फाइनलमा पुगेका छन् ।
आज भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश १ लाई हराउँदै आर्मी फाइनलमा पुगेको हो । प्रदेश नम्बर १ लाई ७–० गोलले पराजित गर्दै आर्मी फाइनल प्रवेश गरेको हो ।
खेलको ९ औं र १४ औं मिनेटमा आर्मीको तर्फबाट सीता कुमारी चौधरी र अन्जना चन्द ठकुरीले गोल गरे । यस्तै दोस्रो क्वाटरमा सितामाया बलले एक गोल गर्दा २२ र २४ औं मिनेटमा सीता कुमारी चौधरीले पुन दुई गोल गर्न सफल बनिन् ।
यता २६ औं मिनेटमा सितामाया बलले आर्मीको लागि एक गोल थपीन् । त्यस्तै ५१ औं मिनेटमा सीता कुमारी चौधरीले आर्मीको लागि फेरि एक गोल गरेकि थिइन् ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा आयोजक गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ६–० को गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
खेलको पहिलो क्वाटरमा गण्डकीले दुई गोल गर्न सफल भएको थियो । १३ औं मिनेटमा सोनु बराल र १५ औं मिनेटमा सबिना पुन रानाले गोल गरेका थिए । यस्तै २० औं मिनेटमा कमला पुन, ३२ औं मिनेटमा दिक्षा बराल, ३३ औं मिनेटम दिपशिखाले गोल गरे । ३७ औं मिनेटमा कमला पुन गण्डकीको लागि पुन एक गोल गरिन ।
बुधबार हुने फाइनल खेलमा गण्डकी र नेपाल आर्मी मैदानमा भिड्ने छन् ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

