महिला हक्की प्रतियोगितामा स्वर्ण पदकका लागि गण्डकी र आर्मी भिड्दै
पाेखरा | कात्तिक १, २०७९
पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला हक्कीको खेलमा नेपाल आर्मी र गण्डकी फाइनलमा पुगेका छन् ।
आज भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश १ लाई हराउँदै आर्मी फाइनलमा पुगेको हो । प्रदेश नम्बर १ लाई ७–० गोलले पराजित गर्दै आर्मी फाइनल प्रवेश गरेको हो ।
खेलको ९ औं र १४ औं मिनेटमा आर्मीको तर्फबाट सीता कुमारी चौधरी र अन्जना चन्द ठकुरीले गोल गरे । यस्तै दोस्रो क्वाटरमा सितामाया बलले एक गोल गर्दा २२ र २४ औं मिनेटमा सीता कुमारी चौधरीले पुन दुई गोल गर्न सफल बनिन् ।
यता २६ औं मिनेटमा सितामाया बलले आर्मीको लागि एक गोल थपीन् । त्यस्तै ५१ औं मिनेटमा सीता कुमारी चौधरीले आर्मीको लागि फेरि एक गोल गरेकि थिइन् ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा आयोजक गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ६–० को गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
खेलको पहिलो क्वाटरमा गण्डकीले दुई गोल गर्न सफल भएको थियो । १३ औं मिनेटमा सोनु बराल र १५ औं मिनेटमा सबिना पुन रानाले गोल गरेका थिए । यस्तै २० औं मिनेटमा कमला पुन, ३२ औं मिनेटमा दिक्षा बराल, ३३ औं मिनेटम दिपशिखाले गोल गरे । ३७ औं मिनेटमा कमला पुन गण्डकीको लागि पुन एक गोल गरिन ।
बुधबार हुने फाइनल खेलमा गण्डकी र नेपाल आर्मी मैदानमा भिड्ने छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

